Breaking News

फिफा विश्वकप-२०२६ छनोटः दोस्रो खेलमा बहराइनसँग नेपाल पराजित

Banner

काठमाडौं,चैत १४-

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणअन्तर्गत बहराइनविरुद्धको दोस्रो लेगमा नेपाल ३–० ले पराजित भएको छ । मंगलबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन सायेद बाकेर मेह्दी, अब्दुल्ला युसुफ र कामिल अल अस्वदले गोल गरे । बहराइनले तीन गोल पहिलो हाफमा गरेको हो ।

खेलको सातौँ मिनेटमा मेह्दीको गोलमा बहराइनले अग्रता बनाएको थियो । १८औँ मिनेटमा युसुफको पेनाल्टी गोलमा बहराइनले अग्रता दोब्बर बनायो । ३६औंँ मिनेटमा अस्वदको गोलमा घरेलु टिमले अग्रतालाई ३-० मा पुर्याएको थियो । यसपछि थप गोल नहुँदा बहराइनले ३-० को जित सुनिश्चित गरेको हो । जितसँगै चार खेलबाट नौ अंक जोडेको बहराइन तालिकाको दोस्रो स्थानमा छ । यसअघि पहिलो लेगमा बहराइनले पहिलो लेगमा नेपालविरुद्ध ५-० को फराकिलो जित निकालेको थियो । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिको पुछारमा छ ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र यमन छन् । नेपालले अब आगामी जुन ६ मा यूएई र जुन ११ मा यमनविरुद्ध खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>