धादिङ
एमाले धादिङमा भूमि त्रिपाठीको प्यानल विजयी

धदिङ, फागुन ३–
नेकपा एमाले जिल्ला कमिटी धादिङको पदाधिकारीमा भूमि त्रिपाठीको समूह विजयी भएको छ ।
आज दिउँसो सार्वजनिक नतिजाअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईटा उपसचिव पदमा त्रिपाठी पक्ष विजयी भएको हो ।
अध्यक्षमा त्रिपाठी ५४७ मत ल्याएर विजयी हुँदा डा. रामकुमार अधिकारीले ३०९ मत ल्याए ।
त्रिपाठी समूहबाटै उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली र सचिवमा राधिका सापकोटा विजयी भएका छन् । गोरखालीले ३१५ मत र राधिका सापकोटाले ३३८ मत ल्याए । रामकुमार अधिकारी समूहबाट उपाध्यक्षका उम्मेदवार रामकुमार आचार्यले २३२ र सचिव पदका उम्मेदवार हरिराम लोहनीले २०९ मत ल्याए ।
त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने ३४८ मत र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती ३५१ मत ल्याएर निर्वाचित भएकी छन् । अधिकारीतर्फ खुला उपसचिवमा दीपक खतिवडा र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार थिए ।
फागुन २१ गतेबाट सुरू भएको अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि प्यानल बनाएर चुनाव लडेका थिए । अधिवेशनको क्रममा दुई समूहबीच झडप हुँदा एकजनाको हातसेत भाँच्चिएको थियो ।