समाचार

अध्यक्ष नेपाल र भारतका विदेशमन्त्रीबीच भेट

Banner

काठमाडौँ, पुस १९
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा आफूहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ । नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उहाँले उल्लेख गर्नुभएको छ ।

भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आज काठमाडौँ आउनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>