देश/प्रदेश

इपीएस परीक्षालाई लिएर काठमाडौँमा तनाब, मन्त्री ज्वालाको गाडीमा आगजनि

Banner

काठमाडौँ, पुस १३–

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर काठमाडौँमा तनाव सिर्जना भएको छ ।

प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।

अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ । प्रहरीले अहिले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>