अपराध

त्रिभुवन विमानस्थलमा कार्गोमार्फत आएको १ किलो गाँजा बरामद

Banner

काठमाडौं, पुस १२-

त्रिभुवन विमानस्थलमा कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा बरामद भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कार्गोमार्फत आएको गाँजा बरामद गरेको हो । प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार, डिल्लीबजार हुलाक भन्सार कार्यालयलाई शंका लागेपछि गएर जाँच गर्दा गाँजा बरामद भएको थियो ।

बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उनले बताए । थप अनुसन्धानका लागि बरामद गाँजालाई लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>