शिक्षा

काठमाडौँ महानगरपालिकाका २०८ विद्यालयले बुझाए छात्रवृत्ति विवरण

Banner

काठमाडौँ,जेठ २४-

काठमाडौँ महानगरपालिकाका २०८ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण बुझाएका छन् । शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् ।

महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति भने रद्द गर्ने चेतावनी दिएको छ । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>