इच्छकामना

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

Banner

भरतपुर , वैशाख १४-

चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका २२ घर निर्माण गरिएको छ । संघीय सरकारको करिब डेढ करोडको शसर्त अनुदानबाट विपन्न चेपाङको घर निर्माण गरिएको हो । पालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयोे । उहाँका अनुसार एक महिना भित्र सबै घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिनेछ । अधिकांस घर निर्माणको अन्तिम चरणमा पुगेको भन्दै घरको छाना छाउन र रंङ लगाउन मात्रै बाँकी रहेको बताउनुभयो ।

‘घडेरी सम्याउने र जग खनेर ढुङगा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो, अध्यक्ष गुरुङले भन्नुभयो, अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’ उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो । पालिकाको वडा नम्वर १ मा ५ वटा, वडा नम्वर २ मा २ वटा, वडा नम्वर ३ मा २ वटा, वडा नम्वर ४ मा २ वटा, वडा नम्वर ५ मा २ वटा, वडा नम्वर ६ मा ३ वटा र वडा नम्वर ७ मा ६ वटा घर निर्माण गरिएको छ । सबै घर निर्माणको जिम्मा सुवेदी एण्ड सिलवाल कन्टक्सन कम्पनीले लिएको हो ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जेठ पन्ध्र गतेभित्र सबै घर निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले गाउँपालिकामा अधिकांस योजना सम्पन्नको चरणमा रहेको भन्दै यो आर्थिक वर्षमा ९० प्रतिशत पुजिगत खर्च गरिने जानकारी दिनुभयो । ‘विपन्न चेपाङ समुदायलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ,उहाँले भन्नुभयो,उनिहरुको गास,बास कपास र शिक्षा,स्वास्थ्यमा ध्यान दिइएको छ ।’

खरको छानो भएको झुप्रोमा बस्दै आएका चेपाङ समुदाय नयाँ घर निर्माण भएपछि खुसी भएका छन । इच्छाकामना गाउँपालिका १ कोलभन्ज्याङका अरसल चेपाङ भुकम्पले पुरानो घर भत्किएपछि छाप्रोमा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरी बतास र आगलागीको डर अब अन्त्य भएको बताउनुभयो । ‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौं,उहाँले भन्नुभयो, छ जनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।’ इच्छाकामना गाउँपालिकामा झण्डै २५ सय चेपाङ परिवार छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>