कालिका

कालिका नगरपालिकामा एक वर्षमा १४ किलोमिटर कालोपत्रे, ५०० मिटरमा ढलान

Banner

कालिका, जेठ २३–

कालिका नगरपालिकामा पछिल्लो एक वर्षको अवधिमा १४ किलोमिटर बाटोमा कालोपत्रे भएको छ । पहाडी क्षेत्रको ५०० मिटर बाटोमा ढलान गरिएको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले बताए।

संघीय र प्रदेश सरकारसँग सहकार्य गरेर नगर क्षेत्रका बाटोलाई कालोपत्रे गर्ने कामलाई प्राथमिकतामा दिइएको उनले बताए। यो एकवर्षको अवधिमा कालोपत्रेसँगै उच्चस्तरिय ग्राबेल बाटो, पहाडी क्षेत्रमा नयाँ ट्रयाक खोल्नेकाम समेत भएको मेयर रेग्मीले जानकारी दिए ।

अहिले निर्माण भइरहेका बाटोहरु गुणस्तरिय रहेको कालिका नगरपालिकाकी उपमेयर विमला लामाको दावी छ । ‘ठेकेदारहरुसँग कार्यविधिनै बनाएर काम गरिरहेकाले पहिला जस्तो झारो टार्नेगरी काम हुन दिएका छैनौं’, उनले भनिन् ।

अनुगमन समितिको संयोजक समेत रहेकी उपमेयर लामाले कमसल काम भएमा नगरभित्रका कुनैपनि योजना पुनः त्यो ठेकेदारलाई नदिने र बिग्रिएका बाटोहरु पुनः उसैले बनाउनुपर्नेगरी निर्माण कम्पनीहरु सँग सम्झौता गरेर मात्रै काम गरिरहेको बताईन् । बाटो निर्माण सम्पन्न भएको एकवर्ष सम्मको जिम्मा सम्बन्धित कम्पनीले लिनुपर्ने उनले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>