Breaking News

चितवनमा सेयर कारोबार गर्ने बढे, युवा पुस्तामा तीव्र आकर्षण

Banner

पूजा ढकाल

चितवन, असार २९–

पछिल्लो वर्षहरुमा चितवनमा धितोपत्र (सेयर) किनबेच गर्नेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । देशको मध्यभागमा पर्ने चितवनका लगानीकर्ताहरु पनि सेयर किनबेचमा सक्रिय हुन थालेको तथ्याकंले देखाएको छ ।

चितवनमा ४ वर्षअघि एक वटा मात्र त्रिशुल सेक्रेटरीज प्रा.ली ब्रोकर हाउस रहेको थियो । जुनबेला संख्यात्मक हिसाबमा थोरै मात्र लगानीकर्ता चितवनबाट सक्रिय थिए तर ४ वर्षका बीचमा चितवनमा ब्रोकरको शाखा मात्रै एक वटाबाट बढेर ५ वटा पुगेको छ भने सक्रिय लगानीकर्ताको संख्या पनि २० गुणा बढेको छ । त्रिशुल सेक्रेटरीज प्रा.लि.का चितवन प्रमुख कौशल श्रेष्ठ भन्छन्: ‘केहीवर्षमा चितवनमा यस्तो कारोबार होला भन्ने सोचेकै थिएनौं ।’ उनले थपे–‘हामीसंग मात्रै ग्राहकको संख्या १५ गुणा बढेको छ भने् कारोबार गर्ने पनि उत्तीकै बढेको छ ‌।’

नेपाल धितोपत्र बोर्डले सेयर किनबेचमा अनलाईन प्रणाली ल्याएपपछि सबैको पहुँचमा सेयर कारोबार पुगेको चितवनका युवा लगानीकर्ता सुदीप थापाले बताए । उनी भन्छन् ‘नेपालमा सेयर बजार बारे दुर दराजसम्म सामान्य ज्ञानको समेत कमी थियो । पछिल्लो समय साधारण सेयर भर्न र पर्न थालेपछी सानो–सानो जो नयाँ प्रबेशी छन् लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गर्न थालेका छन् ।’

चितवनमा पनि पछिल्लो समय अन्य क्षेत्रको लगानी सेयरमा भित्रीएको उनको दाबी छ । नेपाल धितोपत्र बोर्डबाट नेपालमा २८ वर्ष अघीबाट सेयर कारोबार हुन थालेपपनि त्यसको पहुँचमा सबै नेपाली नागरिक नहुँदा राजधानी, विभिन्न शहरबजारका सिमित समूह र व्यक्ति मात्र सेयर कारोबारी थिए । अहिले नेपालभर ५० लाख जनाको डिम्याट खाता खोलीएको छ भने २० लाख सक्रिय लगानीकर्ता देशभरी छन् ।

१ वर्षअघी मात्र नेपालको सेयर बजार ३२०० को हारहारीमा पुगेको थियो भने अहिले १९६० को बिन्दुमा नेप्से छ ‌। हालको बिन्दुमा नेप्से रहँदा अधिकांश कम्पनीका सेयर मूल्यपनि न्यूनतम बिन्दुमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>