गसिप
र्यापर जी-बब र उनका बुबा बीच तीन बुँदे सहमति
०
काठमाडौं,जेठ ३०-
र्यापर सुदिप भण्डारी (जी-बब), उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच तीन बुँदे सहमति भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ । ‘केही समयको लागि नीजले चाहेको समयमा आमा बुबालाई भेट गराउने ब्यवस्था समर्पण समाज नेपाल, कपनले मिलाउने’ सहमतिको दोस्रो बुँदामा भनिएको छ ।
साथै, कुनै प्रकारको कार्यक्रममा भाग लिनु परेमा आमा बुबाको सहमति लिनुपर्ने पनि भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>