अन्तर्राष्ट्रिय

टिकटकका अध्यक्षले दिए राजीनामा

Banner

एजेन्सी,कार्तिक १८-

चर्चित भिडियो शेयरिंग एप टिकटकको मुख्य कम्पनी बाइटडान्सका फाउण्डर यिमिंग झाङले कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चीनका सबैभन्दा सफल व्यवसायी मध्येका एक झाङ टिकटकको बोर्डबाट बाहिरिएका हुन्। अब बाइटडान्सको अध्यक्षको जिम्मेवारी अहिलेका प्रमुख कार्यकारी अधिकृत रुबो लियाङले सम्हाल्ने छन्।

यस बर्षको शुरुवातमा झाङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद छोडेर दैनिक व्यवस्थापनबाट टाढिएका थिए। उनले यसअघि २०२१ को अन्त्यमा आफ्नो पद छोड्ने भनेको भएपनि अहिले अचानक पद छोडेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>