चितवन विशेष

भरतपुरको बाइपास रोडको सरसफाइ

Banner

चितवन, पुस २७-

प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं स्थापना दिवसको अवसरमा बाइपास रोडमा सरसफाइ गरेको छ ।

सो अवसरमा भरतपुरको मालपोत चोकदेखि गैँडाचोकसम्म सरसफाइ गरिएको हो । निकै लामो समयदेखि फोहोर रहेको र अस्पतालको नजिक रहेका कारण फोहोरको संक्रमण फैलनसक्ने भन्दै सहकारीको स्थापनाको अवसर पारेर सरसफाइ गरिएको नेफ्स्कुन उपाध्यक्ष शान्ति अधिकारीले बताइन् ।

सरसफाइ कार्यक्रममा अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले महानगरको मुटु बाइपास रोडमा थुप्रिएको फोहोरले नगरवासी सबैलाई गिजाइरहेको महसुस गरेर सरसफाइ गरिएको बताइन् ।  सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सैनिक नमुना टोल विकास संस्थाले सहयोग गरेको थियो । सो अवसरमा मालपोत चोकदेखि नहर चोकसम्मको बाइपास रोडको छेउमा रहेको फोहोर संकलन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>