चितवन विशेष

रत्ननगरमा वास्तविक सुकुम्बासीको तथ्याङक सार्वजनिक

Banner

चितवन, मंसिर १३–

रत्ननगर नगरपालिकाले सूचना प्रविधिको प्रयोग गरेर संकलन गरेको सुकुम्बासीहरुको तथ्यांक आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
प्रदेश सांसदहरु कृष्णप्रसाद खनाल र कंचन खनाललगायत सरोकारवालाको उपस्थितिमा रत्ननगर नगरपालिकाले सुकुम्बासीहरुको तथ्यांक सार्वजनिक गरेको हो ।

रत्ननगर नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समूह र युएन ह्याबिटेटले २ महिना लगाएर सुकुम्बासी बस्तीमा सर्वेक्षण गरेका थिए । सोही सर्वेक्षणको तथ्यांक शुक्रबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरका संयोजक सिंहबहादुर लामाका अनुसार नगरभित्र एक हजार ३ सय ५९ घरधुरीको आफ्नो नाममा कतै जग्गा छैन । उनीहरु ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । एक हजार ५ सय ४ घरधुरीमा गरिएको सर्वेक्षण मध्ये ९९ घरधुरीको भने अयन्त्र जग्गा रहेको पाईएको लुमन्तीका संयोजक लामाले बताए ।

रत्ननगरमा सबैभन्दा धेरै वडा नम्वर १४ मा २६४ घरधुरी सुकुम्बासीहरु रहेका छन् । लुमन्तीका संस्थापक अध्यक्ष प्रफुल्लमान प्रधानले तथ्यांकले अब सुकुम्वासीको क्षेत्रमा काम सहज हुने विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले आफ्नै जग्गा भएर पनि ऐलानी जग्गा ओगटेर बसेकाहरुलाई उनीहरुकै जग्गामा फिर्ता पठाउने प्रतिवद्धता जनाए ।

रत्ननगरका नगर प्रमुख वनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदद्धय कृष्णप्रसाद खनाल, कंचन खनाल, युएन ह्याबिटेटका कार्यक्रम निर्देशक राजाराम छतकुल्ली, रत्ननगर–२ का वडाध्यक्ष तिलकराज शर्मा, रत्ननगरका प्रवक्ता राजेन्द्र हमाल, विपन्न समुदाय व्यवस्थापन मंच रत्ननगरका अध्यक्ष मायानाथ भट्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>