देश/प्रदेश
रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु
०

रुपन्देही, भदौं २९-
रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए । उनको बायाँ कुममा गोली लागेको छ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>