चितवन विशेष

चितवनको गोही प्रजनन् केन्द्र पर्यटकको रोजाइमा, एक वर्षमा ७३ हजारद्वारा अवलोकन

Banner

चितवन, भदौं ७-

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

प्रजनन् केन्द्रमा गत वर्षमात्र ७३ हजार ५६१ जना पर्यटकले अवलोकन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार प्रजनन् केन्द्रमा ४४ हजार ५४४ नेपाली पर्यटकहरुले अवलोकन गर्दा २९ हजार १७ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

संकटापन्न अवस्थामा रहेको गोहीको संरक्षण गर्नका लागि निकुञ्जमा प्रजनन् केन्द्र निर्माण गरिएपछि अहिले गोहीको संख्यासमेत बढ्न थालेको छ । निकुञ्ज भित्र विश्वकै लोपोन्मुख घडियाल गोहीको संरक्षणका लागि स्थापना गरिएको प्रजनन् केन्द्रमा अधिकांश पर्यटकको आँखा जाने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा घडियाल र मगर गरी दुई प्रजातिका गोही छन् । घडियाल गोही विश्वकै दुर्लभ जीवजन्तुको सूचिमा छ ।

गोही प्रजनन् केन्द्र विद्यार्थीको लागि अध्ययनको केन्द्र पनि बन्दै गएको छ । प्रजनन् केन्द्रले अहिलेसम्म एक हजार चार सय ६५ गोहीलाई विभिन्न नदीमा छाडिसेको छ । निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्रले पछिल्लो वर्षहरुमा चितवनका नदीमा मात्र गोही छाड्ने गरेको छ ।
पहिले चितवन बाहिरका नदी कर्णाली, बबई, कोशी, कालिगण्डकीलगायतका नदीमा छाडिने गरिन्थ्यो । हाल चितवन भने नारायणी र राप्तीमा मात्रै छाडिने गरिएको छ । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>