धादिङ

धादिङमा फोटो पत्रकारको प्रदेश र जिल्ला अधिवेशन

Banner

धादिङ, भदौ २–

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको प्रदेश नं ३ र नेपाल फोटो पत्रकार सङ्घ धादिङको अधिवेशन धादिङबेसीमा सोमबार सम्पन्न भएको छ । प्रदेशको पहिलो अधिवेशनले नारायण सिलवालको अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सुदीप शिवाकोटी, सचिव राजन अधिकारी र कोषाध्यक्षमा लोकेश लिम्बु तथा सदस्यमा कपिल खड्का, राजेन्द्र आचार्य र राजेन्द्र गजुरेल निर्वाचित भएका छन् ।

यसैगरि सङ्घको दोस्रो जिल्ला अधिवेशनले मनीश दुवाडीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको निर्वाचन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्तोषराज श्रेष्ठ, सचिवमा सरिता श्रेष्ठ, कोषाध्यक्षमा रामकुमार थापा तथा सदस्यमा सुशील थापा, सुशीला विक र विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रभातफेरीबाट शुरु गरिएको सो कार्यक्रममा जिल्लालाई चिनाउने फोटोको वृहत प्रदर्शनीसमेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>