Breaking News
सहकारी प्रकरणः धरौटी बुझाएर छुटे दीपेश पुन
०
काठमाडौं,बैशाख १४-
सहकारी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटी बुझाएर रिहा भएका छन् । एक साताअघि रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । तर, धरौटी बुझाउन नसकेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।
शुक्रबार उनले चार लाख धरौटी बुझाएर रिहा भएका रुपन्देही प्रहरीका डीएसपी मनोहर भट्टले जानकारी दिए । धरौटी बुझाएर रिहा भएलगत्तै सीआईबीले पक्राउ गर्ने भनिए पनि पुन पक्राउ नपर्ने भएका छन् । ‘मुद्दा दर्ता नभएकाले तत्काल दीपेश पुनलाई पक्राउ गर्दैनौँ,’ सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>