देश/प्रदेश

खोलाको बगरमै पिर्का राखेर मुख्यमन्त्री शाहीले लिए सलामी

Banner

काठमाडौँ साउन ३१-

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् ।

मुख्यमन्त्री शाही बिहीबार गृहनगर पचालझरना पुगेका थिए । गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन् । खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् ।

उनले सलामी लिँदा स्थानीय बासिन्दा भने हाँसिरहेका थिए । गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो । जनप्रतिनिधिले लिइरहेका सलामीको आलोचना भइरहेका वेला मुख्यमन्त्री शाहीले सलामी लिएको फोटो सामाजिक सञ्जालमा राखेर उनकै पार्टी कार्यकर्ता पनि आलोचना गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>