चितवन विशेष

नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा कमलमान

Banner

चितवन, साउन २६–

नेवा पत्रकार राष्ट्रिय दबु चितवनको अध्यक्षमा कमलमान श्रेष्ठ चयन भएका छन् ।

आइतबार नारायणगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको तेस्रो अधिवेसनले कमलमानको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दबुको उपाध्यक्षमा सन्तकुमार श्रेष्ठ, सचिवमा सृजना ताम्राकार, सह–सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा मनिषा श्रेष्ठ, उमेश श्रेष्ठ, विनोद श्रेष्ठ ‘ए’, साया प्रधान, निशा श्रेष्ठ, अनुज जोशी, विनोद श्रेष्ठ ‘बी’, सुनिल कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै दबुको पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा अमर देव प्रधान, ईश्वर जोशी, सन्दीप कुमार श्रेष्ठ, दिनेश कुमार श्रेष्ठ र सुबोध श्रेष्ठ रहेका छनन् ।

यस्तै अधिवेशनले साता जना केन्द्रीय पार्षद चयन गरेको छ ।

यसअघि अधिवेसनको समुद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले राष्ट्रिय संचारमाध्यमहरुले पनि मातृभाषाहरुलाई स्थान दिनुपर्ने बताए । उनले मातृभाषा जर्गेना गर्न सके मात्र देशको पहिचान जोगिने भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले नेपालमा व्यवसायिक पत्रकारितामा समावेशितालाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सृजना अर्याल, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सदस्य राजु चौधरी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष एवंम नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रीय सदस्य सन्दीप कुमार श्रेष्ठलगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा फोनिज चितवनका सचिव तुलमान गुरुङ, थारु पत्रकार संघ चितवनकी अध्यक्ष सुमित्रा महतो, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, संचारिक समूहकी सविता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>