चितवन विशेष

भरतपुरमा बृहत रक्तदान कार्यक्रम, १ सय ३९ जनाले गरे रक्तदान

Banner

चितवन, साउन २३-

भरतपुरमा आज (बिहीबार) खुल्ला रक्तदान भएको छ । कार्यक्रममा १ सय ३९ जनाले रक्तदान गरेका छन् । जसमध्ये ४४ जना महिला र ९५ जना पुरुष रहेका छन् । रोटरी क्लब अफ नारायणगढ, रोट्र्‍याक्ट क्लब अफ नारायणगढ र स्टायन्डर्ड चार्टड बैंकको आयोजनामा भएको कार्यक्रमलाई भाटभटेनी सुपरमार्केट र नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले सहयोग गरेको रोट्र्‍याक्ट क्लब अफ नारायणगढका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

कार्यक्रममा ८४ औँ पटक रक्तदान गरेकी भण्डाराकी अनिता मैनालीलाई विशेष सम्मान गरिएको उनले बताए । सो अवसरमा रोटरी र रोट्¥याक्ट क्लब नारायणगढ, स्ट्यान्डर्ड चाटर्ड बैंकका कर्मचारी, भाटभटेनी सुपरमार्केट नारायणगढका शाखा प्रमुख सुनिल शाक्यलगायत अन्य कर्मचारीहरुले पनि रक्तदान गरेका थिए ।

रोटरी क्लब तथा रोट्र्‍याक्ट क्लबले सामजिक काममा विगतदेखि नै ठूलो योगदान दिँदै आइरहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सुसन प्रधान, स्ट्यान्डर्ड चार्टर्ड बैंक भरतपुरका शाखा प्रवन्धक निवेश श्रेष्ठको लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>