राजनीति

संसदमा ऊर्जामन्त्री बोल्दाबोल्दै बत्ती निभेपछि..

Banner

काठमाडौं,साउन २३-

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो ।  करिब १५ सेकेन्डपछि बत्ती बालिएको थियो ।

केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>