देश/प्रदेश

प्रतिनिधिसभाको बैठक चर्को नाराबाजी, अर्को बैठक भोलि बस्ने

Banner

काठमाडौं, साउन १५–

सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए। सांसदहरुले विरोध गरिरहेकै बेला उनले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गरेका थिए ।

बसेर संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै नाराबाजी जारी रहेपछि बैठक स्थगित गरेका हुन् । अर्को बैठक यही साउन १६ गते बिहीबार अपराह्न २ बजे बस्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>