नवलपुर

गैँडाकोटका विभिन्न ठाउँमा चोरी गर्ने दुई पक्राउ

Banner

नवलपुर, साउन १४-

गैँडाकोट नगरपालिकाबाट प्रहरीले चोरीका सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ ।

गैँडाकोटका विभिन्न ठाउँमा उनीहरुले चोरी गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले मोबाइल तीन थान, ल्यापटप एक थान बरामद गरेको छ ।

गैँडाकोटमा केही दिन यता विभिन्न ठाउँमा श्रृङखलाबद्धरुपमा चोरीका घटना भएपछि प्रहरीले चोरको खोजी तीव्र पारेको थियो । मंगलबार दुई जनालाई पक्राउ गरिएको र उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । उनीहरुसँग अन्य व्यक्तिसमेत आबद्ध हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
केहि दिनअघि गँैडाकोटमा दिनदहाडै एक जना वृद्धको घाँटी र कानमा लगाएको तीन तोला बराबरको सुन लुटपाट भएको थियो भने सटर फोडेर पसलका सामग्री, घरभित्रका सामग्री , भँैसीसमेत चोरी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>