अन्तर्राष्ट्रिय

म जेल जान तयार छु: प्रियङ्का गान्धी

Banner

मिर्जापुर, भारत, साउन ४-

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन् ।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।
‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु’, उनले ट्विटरमा लेखेकी छन् । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाइ छ । रासस÷एएनआई
––

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>