चितवन विशेष

नारायणगढको युवा समाजमा तोडफोड

Banner

चितवन, असार २४

लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशील युवा समाज नेपालको नारायणगढ स्थित मुख्य कार्यालयमा सोमबार राति तोडफोड र चोरी भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको कार्यालयमा रातको समयमा तोडफोड र चोरी भएको हो । समाजका अध्यक्ष केशव रेग्मीका अनुसार अज्ञात समूहले भवनको च्यानल गेट र भित्री ढोका फोरेर कम्युटर र कागजात छर्नुका साथै तोडफोड गरेका छन् । त्यहाँ रहेको एउटा ल्यापटप चोरी भएको उनले जानकारी दिए । केही समय अघि बाल विकास कार्यक्रमअन्तर्गत बचत संकलन हुने गरेको थियो ।
बचत रकम भएको अनुमानमा चोरी गरिएको हुनसक्ने रेग्मीले बताए ।

विसं २०५१ सालमा स्थापना भएको समाजले चितवन, गोर्खा र तनहुँमा खानेपानी एवम् सरसफाइका २७ आयोजना सम्पन्न गरेको पूर्वअध्यक्ष लिलाधर पौडेलले बताए । यससँगै बालबालिका, महिला र मानवअधिकारका क्षेत्रमा समाजले काम गर्दै आएको उनको भनाइ छ ।
समाजले घटनाका सम्बन्धमा प्रहरीमा जानकारी गराएको छ । समाजका पूर्वअध्यक्ष पौडेलले सामाजिक संस्थामा भएको चोरी र तोडफोड निन्दनीय भएको बताए । दोषीमाथि कडा कारबाही गर्न माग समेत समाजले गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले चोरी नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>