फुटबल

च्यासल चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

Banner

बैशाख २२, २०७६

‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब दोस्रो रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गरेको हो । टोलीको जितमा दुबै गोल मिलन राईले गरेका थिए । ४५औं मिनेटमा जुनियरको पासमा अनमार्क रहेका मिलनले सहजै गोल गरेका थिए । त्यस्तै ७४औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई २–० को जित दिलाए । मिलन खेलको म्यान अफ दि म्याच घोषित हुँदै जनही ५ हजार रुपैया प्राप्त गरे ।

यससँगै दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । आज हुने पहिलो सेमिफाइनल खेलमा जावलाखेल र सरस्वती युवा क्लबबीच भिडन्त हुनेछ । अर्को दिन नेपाल एपीएफ क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>