इच्छकामना

कैदीले बनाएका सामान बिकेनन्

Banner

बैशाख २२, २०७६

जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउनुहुन्छ । उहाँले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने ¥याक, मुडालगायत थुप्रै सामग्री तयार पार्नुहुन्छ ।

योङ्याले बनाइएका सामग्रीले भने बजार नपाउँदा भने सामग्री बनाउन नै छाड्नुभएको छ । उहाँ भन्नुहुन्छ– “सुरु–सुरुमा धेरै सामग्री बनाइयो बिक्री समेत भएन् । सामग्री बनाएर मात्र के गर्नु बिक्री नै नभएपछि अहिले कसैले माग गरे भने मात्र बनाउने गरेको छु ।”

आफ्नो क्षमता भएर पनि आफूले आम्दानी लिन नसकेको उहाँको गुनासो छ । उहाँले रु ५०० देखि एक हजार ५००सम्मका बाँसका विभिन्न सामग्री बनाउने गरेको उहाँका भनाइ छ । उहाँ भन्नुहुन्छ, “सामग्री बनाउन जति पनि सक्छु, राम्रो बजार भए म यही कारागारमा बसेरै महीनाको रु २५ भन्दा माथि कमाउन सक्थे ।”

कारागारका अन्य कैदीको समेत उही गुनासो छ । आफूहरुको दक्षता अनुसार आम्दानी भने गर्न सकेको छैन् । उहाँले बजार नपाएका कारण नै सामग्री बनाउन कम गर्नुभएको कारागारका सूचना अधिकारी विमल ढङ्गानाले बताउनुभएको छ । ढुङ्गाना भन्नुहुन्छ, “सरेनको सीप एकदम राम्रो छ । मैले बजारतिर यस्तो सामग्री कारागारका कैदीले बनाउँछन् भनेर जानकारी पनि दिएको छु । कसैले त्यति चासो दिएका छैनन् ।”

ढुङ्गानाले थप्नुभयो,“सुरेनले यी सामग्रीले बजार पाउने हो भने महीनामा २० देखि २५ हजार कमाउन सक्छन् । बजारमा भएका एक÷दुईवटा पसलमा कुरा गरिदिएको छु । बिक्री गरिदिन सकारात्मक देखिएका छन् हेरौं के गर्छन् ।”

सरेन बाहेक अरु कैदीले पनि विभिन्न सामग्री निर्माण गर्छन् । कसैले ढाकाका सामग्रीहरु बनाउँछन् । कसैले मुडा मात्र बनाउँछन् । कसैले गुडिया बनाउँछन् । ढाकाका सामग्रीको राम्रै बिक्री भए पनि अन्य सामग्रीले त्यति बजार नपाएको कारागारका जेलर सुरेन्द्र मुखियाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>