अन्तर्राष्ट्रिय
जेट एयरवेजका सबै अन्तर्राष्ट्रिय उडान बन्द
०

काठमाडौं– वित्तीय संकट व्यहोरिरहेको भारतीय विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।
जेट एयरवेजसँग अहिले करिब १ सयको हाराहारीमा विमान रहेको जनाइन्छ । जसले ६ सय आन्तरिक र ३ सय ८० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको थियो ।
आर्थिक संकटका कारण मार्च महिनादेखि जेट एयरवेजका उडानहरु प्रभावित हुँदै आएका थिए । भारत सरकारले बैंकहरुलाई विमान कम्पनीको ‘उद्दार’का लागि पहल पनि गरिरहेको छ ।
ऋणदाताहरुले ऋण नदिँदा जेट एयरवेजले भाडामा लिएका विमानको शुल्क समेत तिर्न नसकेका समाचारहरु यसअघि नै सार्वजनिक भएका थिए । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार हाल याे कम्पनी १ सय १० करोड अमेरिकी डलर घाटामा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>