अन्तर्राष्ट्रिय

फिनल्याण्डमा इतिहासकै सर्वाधिक परिमाणको कोकिन बरामद

Banner

फिनल्याण्ड– फिनल्याण्डको प्रहरीले मुलुकको इतिहासकै सर्वाधिक परिमाणको लागूपदार्थ बरामदको विवरण सार्वजनिक गरेको छ ।

सन् २०१७ र २०१८ को अवधिमा नेदरल्याण्ड्सबाट फिनल्याण्डतर्फ १३ किलो लागूऔषध कोकेन तस्करी गर्ने गिरोहबारे विस्तृत विवरण सार्वजनिक गरेका हुन् ।

सन् २०१७ र २०१८ को अवधिमा मध्य फिनल्याण्डको टाम्पेरे क्षेत्रमा ठूलो मात्रामा कोकेनको प्रयोग बढ्दै गएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले नेदरल्याण्ड्सबाट फिनल्याण्ड कोकेन तस्करी गर्ने १७ जना तस्कर र स्थानीय बजारमा उक्त कोकेन वितरण गर्ने १६ जना वितरकलाई अनुसन्धानको घेरामा राखेर अनुसन्धान गरिएको जनाएको छ ।

अनुसन्धनकै क्रममा ५ जनालाई हिरासतमा राखिएको र अरु अदालतमा अनुपस्थित २ जनालाई जेल सजाय समेत सुनाइएको फिनल्याण्डको अनलाइन अखबार न्युज नाउ फिनल्याण्डले जनाएको छ ।

अनुसन्धानका क्रममा ती तस्करले शरिरमा लुकाएर तस्करी गर्दै गरेको अवस्थामा १३ किलो कोकेन बरामद गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>