पत्रपत्रीका बिशेष
मलद्वारमा सुन लुकाएर ल्याउँदा प्रहरीको फन्दामा
०
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो तीनसय ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
भन्सार र प्रहरीका कर्मचारीले उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा उनीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको सुन भेटिएको हो ।
दिउँसो त्रिभुवन विमानस्थलको गेटबाट बाहिरिँदा शरीरमा धातु रहेको संकेत मिलेपछि उनीहरुलाई तत्काल अस्पताल लगिएको थियो ।
अस्पतालको परीक्षण पछि एक्सरेमा धातु देखिएको थियो । औषधि खुवाएर त्यो धातु निकाल्दा सुन भएको पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>