देश/प्रदेश

विमान सम्पर्कविहीन भयो भन्दै गलत प्रचार, कानुनी कारबाहीमा जाने तारा एयरको चेतावनी

Banner

काठमाडौं, असार १७-

विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जाने तारा एयरले चेतावनी दिएको छ । पोखराबाट जोमसोमका निम्ति उडेको आफ्नो विमान सम्र्पकविहीन भएको भन्दै झुटो हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जाने तारा एयरले चेतावनी दिएको हो ।

आज (सोमबार) विज्ञप्ति जारी गर्दै गलत सूचना फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाउने कम्पनीले चेतावनी दिएको छ । “गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत सूचित गरिन्छ,” तारा एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>