मनोरञ्जन

दुबईमा राजेशपायलले भनेः ह्यान्डसम छु बिहे गर्‍या छैन तर, आइ लभ यु चैं नभन्नु

Banner

काठमाडौं, असार १७-

सांगीतिक टुरमा रहेका गायक राजेशपायल राईले डेढ घण्टाभन्दा बढी समय लिएर दुबईमा धमाकेदार प्रस्तुति दिएका छन् ।

उनले शनिवार मध्यरात दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा आफ्ना करिब ३० वटा गीतहरू सुनाएर धमाकेदार प्रस्तुति दिदैँ आफूसँगै दर्शकलाई पनि झुमाएका थिए । उनका अन्य कन्सर्टजस्तै दुबईको कन्सर्ट पनि ‘लाइभली’ थियो ।

‘मैले मायाले दिएको चिनो‘’ बोलको गीत गाउँदै राजेश पायलले स्टेजमा इन्ट्री गरेका थिए ।

राजेशले अन्तिममा  आफ्नो सर्वाधिक लोकप्रिय गीत ‘सागर सरी चोखो माया गाएका थिए । उनले यो गीतसँगै आफ्नो प्रस्तुति छोटो सम्वोधन म तपाईँहरूकै हुँ । म जहाँ जान्छु, त्यहाँ नेपाली गीतसंगीत गएको छ । तपाईंहरुबिनाको राजेशपायल राई म कल्पना गर्न सक्दिनँ भन्दै टुंग्याएका थिए ।

तर, दर्शकबाट डिमान्डपछि ‘सागर सरी चोखो माया‘’ गीत गाउन तयार भएका उनले आफूलाई कसैले साथ दिनुपर्ने बताउँदै माइकबाट कोही केटी साथी आउने हो गीत गाउन ? भन्दै आग्रह गरे । त्यसपछि एक युवतीलाई औंल्याउँदै उनले भने, ‘तपाई आउनुस्‘ आउनुस्‘ माइक ल्याइदिनुस् उहाँलाई ।’ ‘यति ह्यान्डसम छु बिहे गर्‍या छैन । तर, मलाई आइ लभ यु चैं नभन्नु होला । भर्खर डिभोर्स भएको‘ एक वर्षपछि आइ लभ यु भन्नुहोला ।’

यद्यपि, ती युवती आउन चाहिनन् । राजेश पायलले एक्लै गाए । गाउने क्रममा फेरि दर्शकहरू उनीतिर हात लम्काउन थाले । यही क्रममा राजेश पायलले एक युवतीको च्याप्पै हात समाते र उनलाई स्टेजमा उकाले । बाउन्सर हतारिँदै आएर उनलाई रोक्न खोजेका थिए, तर राजेश पायलले नै नछोडेपछि उनी पछि हटे । त्यसपछि राजेश पायलले गीतलाई निरन्तरता दिँदै युवतीसँग कामूक नृत्य गर्न थाले ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>