Breaking News

कांग्रेस पदाधिकारी बैठकः सत्ता समीकरणको पेचिलो स्थितिबारे पनि छलफल हुने

Banner

काठमाडौं,असार १७-

समसामयिक राजनीति र आन्तरिक संगठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ । आज दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेतालाई बोलाइएको प्रवक्ता डा.प्रकाशशरण महतले दिए ।

‘हाम्रा भ्रातृ संगठन, आन्तरिक विभागसहितका संरचनाको विषयमा छलफल गर्न पदाधिकारी, पूर्वपदाधिकारी र सिनियर नेतालाई छलफलका लागि सभापतिले बोलाउनुभएको हो । बैठकले केन्द्रीय समिति बैठक बस्नुअघि आन्तरिक विषयमा एउटा होमवर्क पनि गर्छ,’ महतले भने, ‘साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हुन्छ ।’
शनिवार कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ३ घण्टा छलफल गरेपछि राजनीतिक वृत्तमा सत्ता समीकरण फेरिनेसम्मको चर्चा शुरू भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>