Breaking News

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ओली

Banner

काठमाडौं,असार १७-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ताका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सोमबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताद्वयबीच समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच हिजो पनि भेटवार्ता भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजोको भेटवार्तामा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि सहभागी भएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएको शनिबार ओलीनिवास बालकोट पुगेका थिए । त्यसयता नेतहरूबीचको भेटवार्ता र छलफल बाक्लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>