खेलकुद

सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा एष्ट्रल र सौराहाले अंक बाँडे

Banner

चितवन, असार १६-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले अंक बाँडेका छन् ।

लिग अन्तर्गत आज (आइतबार) भरतपुर ७ कृष्णपुर मैदानमा सम्पन्न समूह ए को खेलमा १(१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे ।

खेलको आठौं मिनेटमा जुनितको गोलमा एष्ट्रलले अग्रता लिएको थियो । तर उसको अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो । ५८ औं मिनेटमा सौराहाका सञ्जयले बराबरी गोल फर्काए । खेलमा थप गोल हुन सकेन र दुई टिमले एक(एक अंंक बाँँडेका हुन् । सौराहाका सरोज दर्लामी म्यान अफ दि म्याच भए । उनले ट्रफीसहित दुई हजार पाँच सय प्राप्त गरे । लिगमा सोमबार समूह बी का रामपुर फुटबल क्लब रड्स र हर्दी युवा समाजबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुकी ५ बजे हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>