चितवन विशेष

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा चितवनका अर्जुन रसाइली निर्वाचित

Banner

चितवन,असार १६-

नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९ औँ/ १० औँ र ११ औँ वार्षिक साधारण सभा तथा चौथो महाअधिवेशनले चितवनका रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो ।

शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गरे। अध्यक्षका अर्का प्रत्याशी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गरेका थिए । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तीय उपाध्यक्षमा बुद्धि दियाली, तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभभाई बज्राचार्य निर्वाचित भए । यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्धमशुन्दर शाक्य निर्वाचित भए ।

यस्तै प्रत्येक प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोशीबाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेसबाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, बागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्मा र विनोदकुमार विक, लुम्बिनीबाट भीमसिंह विके र संजय सोनी, कणालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमबाट गणेशबहादुर सुनार र रमेश बहादुर सुनार निर्वाचित भए ।

यस्तै नगर संघवाट विमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निर्वाचित भए । खुल्ला सदस्यतर्फ निर्वाचित हुनेमा जीवन ज्योति विश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र विश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शाक्य र तारा बहादुर सुनार रहेका छन् । महिलातर्फबाट सिता विश्वकर्मा र रितु विश्वकर्मा, बस्तुगतबाट चित्र बहादुर महाल र एसोसिएटस्बाट सुजित शाक्य निर्वाचित भए । महासंघको निवर्तमान अध्यक्षमा माणिकरत्न शाक्य छन् । कार्य समितिको बाँकी सदस्यहरू तथा विशिष्ट सदस्य अध्यक्ष तथा कार्य समितिले चयन गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>