अन्तर्राष्ट्रिय

समुन्द्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु

Banner

कोलम्बो, असार १६-

श्रीलंकाको समुद्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु भएको छ । बोतलमा रहेको अज्ञात पदार्थ पिउँदा दुईजना सिकिस्त बिरामी परेको स्थानीय मिडियाले जनाएका छन् ।

दक्षिणी तटीय क्षेत्रमा रहेको टांगाल्लेबाट ३२० नटिकल माइल्स टाढा उनीहरूले तरल पदार्थसहितको बोतल भेटेका थिए ।

श्रीलंकाको नाभीले जनाएअनुसार माछा मार्ने व्यक्तिहरूले अल्कोहल भन्ने ठानेर बोतलको तरल पदार्थ पिएका थिए । श्रीलंकाको सम्बद्ध मामिला हेर्ने विभागका महानिर्देशक सुशान्त खवाटे्ले कतिपय सञ्चार माध्यमसँगको कुराकानीमा ती फिसरम्यानलाई फिर्ता गर्नको लागि नाभीले प्रयास गरिरहेको छ ।

अधिकारीहरूले बोतलमा भएको तरल पदार्थ के थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>