Breaking News

१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो झण्डै १२ खर्ब

Banner

काठमाडौं,जेठ २८-

चालू आर्थिक वर्षको १० महिनामा १९.२ प्रतिशतले बढी रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको नेपालको १० महिनाको आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनमा रेमिट्यान्स बढेको उल्लेख गरेको हो। समीक्षा अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २३.४ प्रतिशतले बढेको थियो।

यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स १७.१ प्रतिशतल वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो।प्रतिवेदनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४२१,२७९ र २३८,९७६ रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>