बजार

शुक्रबार अहिलेसम्मकै महँगो रेकर्ड बनाएको सुनको मूल्यमा आज गिरावट

Banner

काठमाडौं,जेठ २०-

शुक्रबार नेपाली बजारमा अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज केही घटेको छ। आज छापावाल सुन तोलामा दुई सयले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य एक लाख ४२ हजार कायम भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य एक लाख ४१ हजार तीन सय कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज एक हजार आठ सय ५० रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाल सुन १ लाख ४२ हजार २ सय र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ थियो। यो नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटपछि सुनको मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सुनको भन्सार शुल्क १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएका थिए। बजेटपछिका ३ दिनसम्म सुन लगातार बढेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>