गण्डकी
अवरुद्ध बेँसीशहर–चामे सडक पुनःसञ्चालन
०
![Banner](https://narayanionline.com/wp-content/uploads/2020/06/pahiro-1.jpeg)
लमजुङ,असार ९-
अविरल वर्षाले पहिरो जाँदा अवरुद्ध बेँसीशहर– चामे सडक पुनःसञ्चालन भएको छ । पहिरो जाँदा सोमबार बिहानदेखि विभिन्न स्थानमा पहिराले अवरुद्ध सडक गए रातिदेखि चलेको हो ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित च्याम्चे, रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा एक्साभेक्टरको माध्यमबाट पहिरो पन्छाई सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय दमौली तनहुँका इञ्जिनीयर सुनम अधिकारीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी च्याम्चेमा करीब २० मिटर सडक अवरुद्ध भएको थियो ।
अहिले पहिरो हटाइए पनि कुनै पनि बेला सोही स्थानलगायत विभिन्न स्थानमा वर्षाले बेँसीशहर– चामे सडक अवरुद्ध हुन सक्ने उहाँको भनाइ छ । बेँसीशहरदेखि मनाङसम्मको ६५ किलोमिटरको सडक गत शनिबार विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>