Breaking News

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०० नाघ्यो

Banner

काठमाडौं, असार ७–

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाग्लुङसहितका ४ जिल्लामा थप १६ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । शनिबार संक्रमण पुष्टि भएकामा एक बालिका, एक महिला र १४ जना पुरूष छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>