Breaking News

क्यान्सरसँग लड्दालड्दै अस्ताइन् चितवनकी डाक्टर खरेल

Banner

चितवन, फागुन २६-

चितवनमा रहेर गरिब र दुःखीको उपचारमा संलग्न सामाजिक व्यक्तित्व डा. विष्णुमाया (बीएम) खरेलको निधन भएको छ ।

लामो समयदेखि पेटको क्यान्सरबाट ग्रसित भएर पनि चिकित्सा पेसालाई निरन्तरता दिएकी डा. खरेलको आइतबार राति ९ः३९ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो । विसं २०३७ साल भदौं २४ गते काठमाडौँको स्वयम्भुमा बुबा हरिप्रसाद खरेल र आमा क्षेत्रकुमारी खरेलको कोखमा जन्मिएकी उनी परिवारको कान्छो सन्तान हुन् । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरकी संस्थापक समेत रहेकी खरेल नेपाल डेन्टल एशोसिएसन चितवनकी अध्यक्षसमेत हुन् । उनले चिकित्सक पेसा र समाजसेवालाई सँगसँगै अगाडि बढाउँदै आएकी थिइन् ।

डा. खरेलको एक छोरा र श्रीमान् रहेका छन् । डा.खरेल र उनका श्रीमान् डा.प्रमोद लामिछानेले भरतपुरमा एलाइभ हस्पिटल सञ्चालन गरिरहेका थिए । स्वर्गीय डा.खरेलको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको छ । क्यान्सर रोगबाट कत्ति पनि बिचलित नभइ जीवनको अन्तिम क्षणसम्म पनि उनी बिरामीको सेवामा रातदिन खटिरहिन् । एक वर्षअघि नारायणी अनलाइनले उनीसँग लिएको अन्तर्वार्तामा क्यान्सर फैलिने क्रम रोकिएकोले आफू स्वस्थ हुनेमा पूर्णतया विश्वस्त रहेको बताएकी थिइन् । क्यान्सर रोगले गाल्दै लगे पनि उनीमा कत्ति पनि आत्मविश्वास र कामप्रतिको जागरमा कमी नदेखिएको उनीसँगै काम गर्ने डाक्टर तथा नर्सहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>