Breaking News

चीनमा कोरोनाको संक्रमण घट्दै, भटाभट डिस्चार्ज हुन थाले बिरामी

Banner

चीन, फागुन २५–

चीनमा कोरोना संक्रमण घट्दै गएको छ । माहामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण अहिले न्यून जस्तै भएको छ ।

पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरस (कोभिड–१९) का सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार आन्हुई प्रान्तीय सरकारले दिएको जानकारीअुनसार अब प्रदेशका अस्पतालमा कोभिड–१९ संक्रमित रहेका छैनन् ।

पछिल्लो २४ घण्टामा चीनमा थप ४३ जनामा संक्रमण देखिएको छ भने २३ जनाको मात्रै मृत्यु भएको छ। सोमबार दिउँसोसम्म चीनमा ८० हजार ७ सय ३८ जनामा संक्रमण देखिएको छ भने ३ हजार एक सय २० जनाको मृत्यु भएको छ।

विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार ८ सय ३१ को मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

चीनको प्रादेशिक स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म आन्हुई प्रान्तमा कोभिड–१९ संक्रमितको संख्या ९ सय ९० पुगेको थियो। प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने ९ सय ८४ जना निको भएका छन्। चिनियाँ अधिकारीका अनुसार आन्हुई प्रान्तमा संक्रमितमध्ये ९९.४ प्रतिशत निको भएका छन्।

यस्तै कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या घट्दै गएपछि चीनमा बनाइएका अस्थायी अस्पतालहरु औपचारिक रुपमा बन्द गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>