Breaking News

इटालीमा कोरोना भाइरसले एकै दिन १३३ जनाको मृत्यु

Banner

इटाली – कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ।

बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ।

त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ।

संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।

उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ। विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ।

प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कूल, कलेज, जिमखाना, म्यूजियम, नाइट क्लब लगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>