चितवन टाईगर्सले ल्यायो तीन विदेशी खेलाडी, को हुन् ती खेलाडी ?

काठमाडौं, पुस १–

सोमबारदेखि सुरु हुने ‍एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताका लागि चितवन टाइगर्सले तीन जना विदेशी खेलाडी भित्र्याएको छ।

चितवनले शनिबार पत्रकार सम्मेलन गरि तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमार रहेका छन्। तीनै खेलाडी भारतका हुन्। उत्तर प्रदेशका प्रविण गुप्ता ५३ वटा रणजी ट्रफी खेलेका खेलाडी हुन्। दिल्लीका सावेज खान र हरियाणाका प्रमेश कुमारले स्थानीय क्लब स्तरको प्रतियोगिता खेलेको अनभुव छ।

यसअघि चितवन टाइगर्सले पृथु बाँस्कोटालाई कप्तानमा नियुक्त गरेको थियो। चितवनको प्रशिक्षकमा कलाम अली र टिम म्यानेजरमा सुवास खकुरेल छन्। खकुरेल घाइते भएपछि उनलाई टिम म्यानेजरको जिम्मेवारी दिइएको हो।

Related News