स्वास्थ्य

स्वास्थ्य शिविरबाट छ सय दुई जना लाभान्वित

Banner

सिमकोट (हुम्ला), वैशाख १५-

जिल्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट छ सय दुई जनाले सेवा लिएका छन् ।

गाउँपालिकाले ‘भेटौँला चङ्खेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चङ्खेलीबासीका दुःख मेटौँला’ नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट निःशुल्क सेवा दिँदै आएको छ ।

पालिका मातहतका स्वास्थ्यचौकीमा ‘एमबिबीएस’ डाक्टरबाट सेवा दिने हेतुले मिमी स्वास्थ्यचौकी, दार्मा स्वास्थ्यचौकी, मेल्छाम स्वास्थ्यचौकी र पिप्लाङ स्वास्थ्यचौकीले सेवा सेवा प्रवाह गरेका गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताउनुभयोे ।

पाँच दिनसम्म सञ्चालन भएको शिविरमा उपचार सम्भव नभएका ४९ जनालाई थप उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल रिफर गरिएको शाहीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>