राजनीति

एक जना मन्त्रीसहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल

Banner

कर्णाली, वैशाख १२-

सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्नुहुने भएको छ ।

नेकपा ९माओवादी केन्द्र० कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।

“सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले टुङ्गो लागेको छैन”, उहाँले भन्नुभयो, “बाँकी तीन मन्त्रीको टुङ्गो लागेपछिको कुन मन्त्रालयको हुने भन्ने निक्र्योल हुन्छ ।”

यता नेकपा ९एमाले० कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्री पठाउने बताउनुभयो ।

“आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ”, उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>