घटना -दुर्घटना

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

Banner

 वैशाख ११-

डडेल्धुरा-डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो।

दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन्।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>