चितवन विशेष

दासढुंगा पुलबाट त्रिशुलीमा हामफालेका पुरुष बेपत्ता, महिलाको सकुसल उद्दार

Banner

चितवन, वैशाख ११-

भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्दार गरिएको छ ।

सोमवार बिहान ८ बजेको समयमा रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका उनीहरु एकसाथ नदीमा हामफालेका थिए । स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरेको महिला दाङ शान्तिनगर ७ वतन भएकी बर्ष ३० की सिता चौधरी रहेको खुलेको छ । प्रहरीले उनको साथबाट फेला पारेको नागरिकताको आधारमा पहिचान गरेको हो ।

उनको भरतपुर अस्पतालमा सामान्य उपचारपछि सोमवार बेलुका ५ बजे डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

नदीमा बेपत्ता भएका दाङ तुलसीपुर–६ बस्ने बर्ष ५१ को खगेन्द्र डांगीको खोजी भइरहेको उनले बताए । नदीमा हामफाल्ने महिला र पुरुष श्रीमान् श्रीमति नभएको प्रहरीले बताएको छ । बेपत्ता व्यक्तिको खोजीसंगै थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>