मनोरञ्जन

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

Banner

काठमाडौं, बैशाख १०-

गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।

कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) भन्दा धेरै पटक हेरिएको किर्तिमान पनि राखेको छ ।

ट्रेलरलाई हालसम्म युट्यूवमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढी लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन् । झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ ।

अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाईको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ फिल्म छिटो हेर्न आतूर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन् । ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसीता गुरुङको प्रेम प्रसंग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लूप’लाई दर्शकले व्यग्र प्रतिक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।

निर्माता रोहित अधिकारीले फिल्मप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए । युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका फिल्म भन्दा केहि भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की आफ्नो लागि विशेष रहेको बताए ।

यसैबीच फिल्मको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले फिल्मको वैदेशिक प्रदर्शनमा उछाल आएको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जन बढि देशहरूबाट फिल्मको माग आएको बताए । केहि देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँदै रिलिज पहिले नै फिल्मले ७५ प्रतिशत लगानि सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले बताए ।

फिल्मको आधिकारिक सामाजिक सञ्जालबाट विदेश प्रदर्शन अधिकारको अपडेट सार्वजनिक गर्दै जाने उनले बताए । वैदेशिक प्रदर्शन अधिकार, डिजिटल अधिकार र फिल्मसँग जोडिएका ब्राण्डबाट प्राप्त रेभिन्यूले फिल्म रिलिज सँगसँगै नाफाको बाटोमा जान लागेको उनको दाबी छ ।

सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको लागि यो फिल्म डेब्यू रहनेछ । रोहित अधिकारी फिल्मसले ओएसआर डिजिटलको सहकार्यमा फिल्म निर्माण गरेको हो । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस् ले प्रदर्शन अधिकार खरिद गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>